जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयन रिले सञ्चालन अनुमति पायो

हिमालयन रिले सञ्चालन अनुमति पायो

बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको छ । कम्पनीलाई गत विहीबार नै व्यवसाय सञ्चालका लागि अनुमति दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कम्पनीले तोकेको पूँजी र कार्यालय सञ्चालका लागि भौतिक निर्माणको कार्य सम्पन्न गरेकाले व्यवसाय सञ्चालनका लागि अनुमति दिइएको पौडेलले जानकारी दिए । कम्पनीले आवस्यक सम्पुर्ण प्रकृयाँ पुरा गरेकाले केहि दिनमै उद्घाटन गर्ने तयारी भएको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । उनले भने ‘पुनर्बीमा व्यवसाय सञ्चालका लागि सम्पुर्ण तयारी पुरा भैसकेकाले यहि असार भित्रै पुनर्बीमा व्यवसाय सञ्चालन गर्छौ ।’ कम्पनीले सम्भव भएसम्म भोलि नै नभए ३० र ३१ गते उद्घाटन गर्ने तयारी गरेको छ ।

कम्पनीले असार २२ गते नै तोकिएको चुक्ता पूँजी जुटाउन सफल भएको थियो । बीमा समितिले दिएको निर्धारित समय भन्दा २२ दिन अगाडि नै पूँजी जुटाएको हो । कम्पनीले बालुवाटारमा केन्द्रिय कार्यालय स्थापना गरिसकेको छ ।

उच्च व्यवस्थापन तहमा तीन जनालाई भारतबाट ल्याउदै छ । प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनमा एक जना र सूचना तथा प्रविधि शाखा प्रमुखको नियुक्तिका लागि बीमा समितिमा पेश गरेको छ ।

तीनै जनाले श्रम विभागबाट श्रम स्वीकृति लिनु पर्छ । उक्त श्रम स्वीकृति आए पछि मात्रै बीमा समितिले नियुक्तिका लागि अनुमति दिन सक्ने प्रावधान रहेको छ । स्रोतका अनुसार तीनै जानाको व्यक्तितग विवरण अन्तिम स्वीकृतिका लागि अहिले बीमा समितिमा पेश गरिएको छ ।

बाँकी कर्मचारी भने नेपालकै हुने कम्पनीले जनाएको छ । पुनर्बीमा व्यवसाय विशुद्ध रुपमा प्रावधिक व्यवसाय भएकाले यसका लागि योग्य जनशक्ति नेपालमा नभएको कम्पनीको ठहर छ । केहि समय विदेशबाट दक्ष जनशक्ति झिकाएर व्यवसाय गर्ने कम्पनीको योजना छ ।

बीमा समितिले गत जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । असार पहिलो साता कम्पनीलाई संस्थापक समुह तर्फको ७ अर्ब ४५ दिन भित्रमा जुटाउन निर्देशन दिएको थियो । उक्त पूँजी जुटाए सँगै व्यवसाय शुभारम्भ गर्ने अन्तिम तयारीमा जुटेको हो । यदि यस वर्ष व्यवसाय शुभारम्भ गरेका खण्डमा कम्पनीले दुई वर्ष भित्रै सर्वसाधारण समुहका लागि छुट्टाएको तीन अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्न सक्ने छ । सर्वसाधारण समुहका लागि छुट्टाएको पूँजी जारी भए पछि कम्पनीको पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । हाल संस्थापक शेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको छ ।

4965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका