जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खराब कर्जाको पोल खुल्ने डरले बैंकहरुले सिआईबीलाई दिएनन् शिवशिखरमा डुबेको ऋणको विवरण !

खराब कर्जाको पोल खुल्ने डरले बैंकहरुले सिआईबीलाई दिएनन् शिवशिखरमा डुबेको ऋणको विवरण !

खराब कर्जाको पोल खुल्ने डरले बैंकहरुले शिवशिखर सहकारीमा डुबेको ऋणको विवरण सिआईबीमा दिन आनाकानी गरेका छन् । सहकारीलाई दिएको ऋणको विवतरण माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले असार १९ गते पत्राचार गरेको भए पनि बैंकहरुले भने विवरण बुझाउन अटेर गरेका हुन् ।

सिआईबीले नेपाल राष्ट्र बैंकलाई बोदार्थ दिँदै ६ वटा बैंकहरुलाई विवरण पठाउन पत्राचार गरेको थियो । तर, बैंकहरुले विवरण पठाउन गरिएको पत्राचारको कुनै पनि प्रतिक्रिया नदिएको सिआईबीले जनाएको छ । केन्द्रीय बैंकको असहयोगका कारण बैंकबाट विवरण नपाएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताएका छन् ।

सिआईबीका अनुसार शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्माले विभिन्न ६ बैंकबाट साढे ४ अर्ब बढी ऋण लिएको बयान दिएका छन् । शर्माको बयानपछि बैंकबाट सहकारीमा ऋण प्रवाह भएको हो वा होइन भन्ने पुष्टीका लागि विवरण माग गर्दा बैंकहरुले भने विवरण दिएका छैनन् । बैंकहरुबाट विवरण नपाएपछि थप अनुसन्धानमा कठिनाई भएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार शिवशिखरमा ऋण प्रवाह गरेको भनिएका नेपाल एसबिआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र प्रभु बैंकसँग विवरण मागि गरिएको थियो । यी बैंकहरुले शिव शिखर सहकारीलाई ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी ऋण दिएको शर्माको बयानमा उल्लेख छ । शर्माका अनुसार शिव शिखर सहकारीलाई एसबिआई बैंकबाट १ अर्ब ७५ करोड, हिमालयनबाट ९० करोड, एनआइएमबीबाट ७५ करोड, माछापुच्छ्रेबाट ७० करोड, नबिलबाट २० करोड र प्रभु बैंकबाट ३५ करोड ऋण प्रवाह भएको शर्माले बयान दिएका थिए ।

विवरण माग गर्दै बैंकमा पत्राचार गरे पनि बैंकले विवरण उपलब्ध नगराएपछि सहकारीकालाई ऋण दिँदा कैही कैफियत रहको हुनसक्ने सिआईबीको अनुमान रहको छ । शर्माका नटराज एग्रो प्रालि, शिखर अर्गनाइजेसन प्रालि, तुलसी अनुसन्धान केन्द्र प्रालि, गोरखा टी एन्ड कफी उद्योग प्रालि, शिवशिखर अर्गनाइजेसन प्रालि, तुलसी राइस एन्ड चिउरा उद्योग, गार्डेन मार्टलगायत कम्पनीमध्ये कुन–कुनमा बैंकले ऋण दिएका हुन भनेर हेर्न विवरण मागिएको हो ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका