जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२ औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ ।

टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो । र्यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लक्ष्मी बैंकको २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।

लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्याली कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमति पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका