जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको कुशे औंसी र तीज लक्षित क्यासब्याक योजना, पाँच सय रुपैयाँसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकको कुशे औंसी र तीज लक्षित क्यासब्याक योजना, पाँच सय रुपैयाँसम्म क्यासब्याक

 ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको छ। मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव‌ं डेबिट/क्रेडिट कार्डको प्रयोगलाई बढावा दिन यो योजना ल्याएको हो।

भदौ २१ र कुशे औसीको दिन २२ गते बुबाको लागि कुनै उपहार खरीद गर्दा गिफ्ट टु फादर लेकेर क्युआर कोडमार्फत भुक्तानी गरेमा २० प्रतिशत (तीन सय सम्म) क्यासब्याक दिने बैंकले जनाएको छ।

बैंकका अनुसार भदौ २३ गते फूडमाण्डूबाट खानेकुरा अर्डर गर्दा बैंकको डेविट/क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत (पाँच सय रुपैयाँ)सम्म क्यासब्याक पाइनेछ।क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ।

बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पिओएस इसिओएममार्फत तीन हजार वा सो भन्दा बढी भुक्तानीमा तीन सय क्यासब्याक फिर्ता दिने विज्ञप्तिमा उल्लेख छ। यो योजना भदौ १६देखि ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ।

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?