जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा विरुद्द बैंकका कर्मचारीले थाले दोस्रो चरणको आन्दोलन

सामाजिक सुरक्षा विरुद्द बैंकका कर्मचारीले थाले दोस्रो चरणको आन्दोलन

नेपाल वित्तीय सँस्था कर्मचारी संघ ‘फियुन’  को आग्रहमा बैंकहरुका कर्मचारीले  आजदेखि सामाजिक सुरक्षा कोष विरुद्द दोस्रो चरणको देशब्यापी आन्दोलन थालेका छन् । संघमा आवद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आज देखि हातमा कालो पट्टि बाँधी १५ मिनेट काम ठप्प पारेर दोस्रो आन्दोलन सुरु गरेका हुन्।

बैंकका कर्मचारीहरुले आज बिहान १० बजेदेखि १० बजेर १५ मिनेटसम्म बैंकको नियमित काम ठप्प पारेर सांकेतिक विरोध गरेका छन्।  बैंकका कर्मचारीहरुले आफ्नै कर्मचारी युनियनको ब्यानरमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? ‘ भन्ने सवालहरु राखी हातमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध गरेका हुन् ।

आजदेखि सुरु गरिएको यो सांकेतिक विरोध ३० गतेसम्म चल्ने संघले जनाएको छ। आर्थिक वर्ष समाप्त हुने समय भएकोले १५ मिनेटको लागि सांकेतिक विरोध गरिएको संघले जनाएको छ । आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्थाको लागि मानसिक रुपमा समेत तयार रहन समेत सम्पूर्ण कर्मचारीहरुमा संघले अपिल गरेको छ।

संघले यस अघि नै समस्याको गहिराईमा पुगेर जिम्मेवार निकायद्वारा समयमै समस्याको समाधान नगरेमा बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरु देशव्यापी आन्दोलन गर्न बाध्य हुने चतावनी दिएको थियो। यसबाट पर्नसक्ने गम्भीर असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुने संघले उल्लेख गरेको छ ।

कोष विरुद्दको मुद्दा अदालतमा विचाराधीन छ । कोष विरुद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको अर्को सुनुवाई आगामी बिहिबारको लागि तोकिएको छ ।

5410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?