जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले पनि सवा अर्बको ऋणपत्र जारी गर्दै

मुक्तिनाथ विकास बैंकले पनि सवा अर्बको ऋणपत्र जारी गर्दै

मुक्तिनाथ विकास बैंकले पनि ऋणपत्र जारी गर्ने भएको छ। बैंकले साउन ७ गतेबाट ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले साउन ११ गतेसम्म बिक्री खुला रहने ऋणपत्रको वार्षिक ब्याज दर ८.७५ प्रतिशत रहेको छ। बैंकले ब्याज रकम प्रत्येक ६/६ महिनामा भुक्तानी गर्ने छ।

बैंकले १००० रुपैयाँ अंकित दरका एक अर्ब २५ करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरले बिक्री गर्ने छ। सामूहिक लगानी कोषलाई ५ प्रतिशतसहित सर्वसाधारणलाई बाँकी ऋणपत्र बिक्री गर्ने छ।

ऋणपत्रको अवधि ७ वर्षको हुने छ। कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्छ। बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

5855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका