जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकका कर्मचारीद्वारा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आत्महत्या

ग्लोबल आइएमई बैंकका कर्मचारीद्वारा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आत्महत्या

झापाको दमक नगरपालिका वडा नम्बर ८ लक्ष्मीमार्ग टोल बस्ने ४२ वर्षीय एक बैंकरले बैंकका अधिकारीहरूको नाम र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आत्महत्या गरेका छन्। ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत पिताम्बर खड्काले आफ्नै घरको भुइँतलाको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। घटना हुनुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक तस्बिर पोस्ट गर्दै आफू उनीहरूकै कारण यस्तो आत्मघाती कदम चाल्न बाध्य भएको बेहोरा उल्लेख गरेका थिए। फेसबुकमा उक्त स्टाटस सार्वजनिक भएको केही समयमै उनी घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

घटनालगत्तै दमक-८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल लगायतका स्थानीय जनप्रतिनिधि र प्रहरी टोली घटनास्थल पुगेका थिए। मृतक खड्काको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। कार्यक्षेत्रको मानसिक तनाव वा अन्य आन्तरिक कारणले यो घटना भएको हो भन्ने विषयमा इलाका प्रहरी कार्यालय दमकले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको छ। सामाजिक सञ्जालमा उल्लेख गरिएका व्यक्तिहरूसँगको सम्बन्ध र घटनाको वास्तविक कारणबारे थप तथ्य पत्ता लगाउन प्रहरीले मृतकको मोबाइल र फेसबुक पोस्टलाई मुख्य प्रमाणका रूपमा लिएर छानबिन गरिरहेको जनाएको छ। बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीले संस्थाकै अधिकारीहरूलाई जिम्मेवार ठहर्‍याउँदै ज्यान फालेको यस घटनाले स्थानीय क्षेत्र र वित्तीय वृत्तमा ठूलो स्तब्धता छाएको छ।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?