जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैबाहिक बर्षगाँठमा पोखरेलका दम्पतिले खरिद गरे बीमा पोलिसी

बैबाहिक बर्षगाँठमा पोखरेलका दम्पतिले खरिद गरे बीमा पोलिसी

आफ्नो बैबाहिक जीवनको २७औ बर्ष पुरा गरेको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । बुटवल ३ , रुपन्देही बस्ने अधिवक्ता सागर मणि पोखरेल र शिक्षिका कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई ५० /५० लाखको बिमा पोलिसी दिई आफ्नो बर्षगाठ मनाएका छन् ।

लामो समयदेखि समाज सेवा गर्दै आएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्र्मी , बैंकका संस्थापक लगायत विभिन्न बित्तीय क्षेत्रमा रहेका छन् साथै, उनले लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहानमा क्याम्पस र दिउसोमा सरकारी बिद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताएकी छन् ।

अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुलेबीमाा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मन परेको बताए ।

कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेकोे बीमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउदै अझ बढी सफलता र सुखी जीवनको शुभकामना ब्यक्त गरे ।

5395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका