जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेट लाइफका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

मेट लाइफका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गदै सिनेर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू) लाई विशेष रूपमा पुरस्कृत गरिएको थियो ।

मेटलाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सबैभन्दा धेरै ग्राहकहरुलाई प्रवर्द्धन गर्दै अधिकतम बिक्री गर्ने अभिकर्तालाई विशेष सम्मान गरिएको थियो । मेटलाइफको वान बाई मेटलाइफमा एपमा सबैभन्दा धेरै ग्राहक दर्ता गराएर डिजिटल पहुँच विस्तार गर्ने टप एजेन्सीलाई समेत सम्मान गरियो।

कार्यक्रमका सहभागीहरूमा एजेन्टहरू, युनिट म्यानेजरहरू, एजेन्सी म्यानेजरहरू लगायत विभिन्न तहका अभिकर्ताहरू थिए।अभिकर्ताहरुलाई मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठ, मुख्य वितरण अधिकृत अरुण बहादुर बस्नेत र एजेन्सी डाइरेक्टर अनिन्द्र राज श्रेष्ठ ले सम्मानित गरेका थिए ।

कार्यक्रममा एजेन्टहरू अभिकर्ताहरुको मेहनत, प्रतिबद्धता र ग्राहक–केन्द्रित सेवाभावको प्रशंसा गर्दै यस सिनेर्जी मीटले अभिकर्ताहरुलाई प्रेरणा र पहिचान दिने प्लेटफर्मको रूपमा काम गर्दै र उच्च प्रदर्शनका लागि हौसला दिदै आएको छ ।

नेपालको सम्पूर्ण जिल्लाहरुमा बीमा र स्वास्थ्य सुरक्षाको पहुँच विस्तार गर्न फील्ड फोर्सको भूमिकालाई मेटलाइफले कदर गर्दै आएको छ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका