जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले सत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय महानुभावहरु साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्