जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनी मेटा लाईफ सनलाईफ आईएमई लाईफ एशियन लाईफ र गुराँस लाईफ कम्पनीद्वारा बीमा समितिलाई नै चुनौतीः सीइओहरुमाथी कारवाही गर्न चौतर्फी दबाब !

राष्ट्रिय बीमा कम्पनी मेटा लाईफ सनलाईफ आईएमई लाईफ एशियन लाईफ र गुराँस लाईफ कम्पनीद्वारा बीमा समितिलाई नै चुनौतीः सीइओहरुमाथी कारवाही गर्न चौतर्फी दबाब !

भनिन्छ बीमा कम्पनीहरुका सीइओ साबहरुको तलब लाख होइन लाखौ लाख छ गाडी लाखको होइन लाखौ लाखकै छ । तर, काम भने सरकारी जागिर जस्तो छ भन्दा अब चाहि फरक पर्दैन ।
सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने काम नेपालका राष्ट्रिय बीमा कम्पनी लिमिटेड, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, मेटलाईफ इन्स्योरेन्स कम्पनी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी र सनलाईफ इन्स्योरेन्स कम्पनीले गरेको भेटिएको छ ।
सुन्दा पनि अचम्म लाग्ने यी माथीका ६ कम्पनीले ३÷४ वर्ष देखि वर्षमा १ पटक गर्ने पर्ने कम्पनीको साधारण सभा पनि गर्न सकेका छैनन् भन्दा फरक पर्दैन ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई नै चुनौती दिँदै यी ६ कम्पनीहरुले आर्थिक वर्ष ०७६÷०७७ को कुनैपनि कम्पनीले साधारण सभा अझै गरेका छैनन् । यसले लगानीकर्तालाई समेत धोका भएको देखिन्छ । बीमा समितिका अध्यक्षज्यू ।

अर्को अचम्मको कुरा पनि के छ भने २०७६÷०७७ को साधारण सभा आजका मितिसम्म एउटा पनि जीवन बीमा कम्पनीहरुले गर्न सकेका छैनन् । भन्दा फरक पर्दैन । कारण के हो ? बाधा के मा छ ? यी कम्पनीहरुलाई बीमा समितिले किन छानवीन गर्दैन । यसको खोजी अब हामीले सुरु गरेका छौं । आफूलाई नै नेपालको नम्बर १ भन्ने जीवन बीमा कम्पनीले समेत साधारण सभा गर्न नसक्नुको कारण के हो ? बीमा समितकिा अध्यक्षज्यू हेक्का होस् ।

भनिन्छ पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गर्नु पर्छ । तर अहिलेसम्ममा एउटा जीवन बीमा कम्पनीहरुले पनि गत आर्थिक वर्ष २०७६÷७७ को साधारणसभा आयोजना गर्न सकेका छैनन् । भन्दा फरक पर्दैन ।

एशियन लाइफ इन्स्योरेन्स, मेट लाइफ, गुराँस लाइफ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड आईएमई लाईफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफले साधारणसभा गर्न नसकेका हुन् । राष्ट्रिय बीमा संस्थानको एक दशक भन्दा लामो समयदेखि लेखापरिक्षण हुन सकेको छैन । आईएमई लाईफ इन्स्योरेन्सलाई गत वर्ष नै बीमा समिति बीमा लेख बदमासी गरेको भन्दै साधारण सभानै रोक्का गरेको थियो ।

यति मात्रै होइन ६ बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ कै साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । एशियन लाइफ इन्स्योरेन्स, मेट लाइफ, गुराँस लाइफ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफले साधारणसभा गर्न नसकेका हुन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको एक दशक भन्दा लामो समयदेखि लेखापरिक्षण हुन सकेको छैन । आईएमई लाईफ इन्स्योरेन्सलाई गत वर्ष नै बीमा समिति बीमा लेख बदमासी गरेको भन्दै साधारण सभानै रोक्का गरेको थियो । बीमा समितिका अध्यक्ष ज्यू ।

बीमा समितिले कम्पनीहरुलाई कडाइ गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको भन्नेहरुको पनि कमि छैन कारण के हो ? विगतमा के भयो ? तर, नयाँ नेतृत्वले यसबारेमा सोच्नु पर्ने बेला आएको छ भन्दा फरक पर्दैन । बीमा समितिले लेखापरिक्षणमा सहजिकरण गर्न नसक्दा साधारणसभामा ढिलाइ भएको कतिपय कम्पनीहरुको दाबी छ ।

केहि समय अगाडि अर्थमन्त्रालयले बोलाएरै राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई छिटो भन्दा छिटो लेखापरिक्षण तयार पारि विवाद टुङ्गाउन निर्देशन दिएको थियो । संस्थानले अवको केहि समय भित्रै सम्पुर्ण लेखापरिक्षण सम्पन्न हुने बताएको पनि दुई तीन वर्ष वितिसकेको छ ।

तर, यो गलत हो भन्दा फरक पर्दैन । कोभिड १९ का कारण एक्चुरीले भ्यालुएसनमा ढिलाइ गर्दा लेखापरिक्षण गर्न नसकेको बहाना बनाउदै गर्दा पनि आर्थिक वर्ष सकिएको एक वर्षमा पनि साधारणसभा गर्न नसक्नुले कम्पनीहरुको नेतृत्व माथी प्रश्न चिन्ह खडा भएको छ । एक्चुरीका कारण साधारणसभामा ६÷७ महिन ढिला हुनुलाई स्वभाविक मानिएता पनि विगत २÷३ आर्थिक वर्षको साधारणसभा हुन नसक्नु कम्पनीको कमजोरी भएको समितिको ठहर छ । छिटो साधारणसभा सम्पन्न गर भन्दा पनि कम्पनीहरुले अटेर गरेको बीमा समितिको दाबी छ । यस्तै अटेर गरे अब पत्राचार गरि स्पष्टिकरण लिने र पद नै जाने गरि कारवाही गरिने बीमा समिति उच्च स्रोतले बतायो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आन्तरिक लफडाका कारण विगत १० वर्ष भन्दा लामो समयदेखि साधारणसभा हुन सकेको छैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । लेखापरिक्षणका लागि बीमा समितिले सक्दो लचकता अपनाउदा पनि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवस्यक कागजपत्र जुटाउन नसक्दा लेखापरिक्षण तयार पार्न नसकेको हो । केहि समय अगाडि अर्थमन्त्रालयले बोलाएरै राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई छिटो भन्दा छिटो लेखापरिक्षण तयार पारि विवाद टुङ्गाउन निर्देशन दिएको थियो । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले अवको केहि समय भित्रै सम्पुर्ण लेखापरिक्षण सम्पन्न हुने बताएको पनि दुई तीन वर्ष वितिसकेको छ । भन्दा फरक पर्दैन ।

समयमा साधारणसभा हुन नसक्दा शेयरधनीहरुले लाभांस पाउन सक्दैनन् । त्यस्तै बीमितले प्राप्त गर्न बोनसदरको पनि निर्धारण हुन सक्दैन । र लगानी प्रति निराशा बढ्ने देखिन्छ । बीमा समितिले तत्कालै निदेशन पालना नगर्ने यी छ वटा बीमा कम्पनीलाई कारवाही गर्नु पर्दछ की पदैन ।

बीमा समितिले गत वर्षदेखि फ्युचुअल बोनसका लागि सतप्रतिशत प्रोभिजनिङ्ग गर्नु पर्ने व्यवस्था लागु गर्दा कम्पनीहरु अलमलमा थिए । तर समितिले अवको ५ वर्ष भित्र फ्युचर बोनसको प्रोभिजनिङ्ग गर्ने स्पष्ट कार्यदिशा माग गरेको छ । एकै वर्षमा सत प्रतिशत प्रोभिजनिङ्ग गर्दा बोनसदर ह्वात्तै घट्ने भन्दै समितिले अवको ५ वर्ष भित्रमा १०० प्रतिशत प्रोभिजनिङ्ग गरे हुने भन्दै निर्देशन पनि दिइसकेको छ । केहि समय अगाडि यहि मुद्दालाई कारण देखाउदै साधारणसभा गर्न ढिलाइ भएको बताउने बीमा कम्पनीले नयाँ निर्देशिका आएको दुई महिना वित्न लाग्दा पनि साधारणसभा गर्ने अत्तोपत्तो छैन । कारण के हो ?

साधारणसभा समयमा नहुँदा कतिपय राम्रा बीमा कम्पनीहरु पनि नेप्सेको सेन्सेटिभ इन्डेक्समा अटाउन सकेका छैनन् । यदि नियम अनुसार सधारणसभा हुन सकेन भने ति कम्पनीको सुशासनलाई लिएर शंका गर्ने गरिन्छ । अर्को तर्फ समयमा साधारणसभा हुन नसक्दा शेयरधनीहरुले लाभांस पाउन सक्दैनन् । त्यस्तै बीमितले प्राप्त गर्न बोनसदरको पनि निर्धारण हुन सक्दैन । र लगानी प्रति निराशा बढ्ने देखिन्छ । बीमा समितिले तत्कालै निदेशन पालना नगर्ने यी छ वटा बीमा कम्पनीलाई कारवाही गर्नु पर्दछ की पदैन । सचेत भया ।

8640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका