जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस

प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।

एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ ।

लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्ने बताइएको छ ।

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्डभित्रै जुनसुकै समयमा गर्न सकिन्छ । घरबाटै लिंक गर्न सकिने यो योजना जुलाई १६ देखि ३१ तारीखसम्म लागू हुनेछ ।

उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठ भन्छन्, ‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ ।’ उनले भने ‘यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ ।’

9900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका