जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १५०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको कर्पोरेट डेभलपमेण्ट बैंकको वित्तीय अवस्था

१५०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको कर्पोरेट डेभलपमेण्ट बैंकको वित्तीय अवस्था

कर्पोरेट डेभलपमेण्ट बैंकले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्तापूँजी कायम गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ ।

उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ७१ करोड पुग्नेछ । कम्पनीको शेयरमूल्य एक वर्षको अवधिमा ५०५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य एक वर्ष अगाडि २०२० जुलाई १६ मा प्रतिकित्ता १२४ रहेकोमा २०२१ जुलाई १५ मा प्रतिकित्ता रू. ७५१ पुगेको हो । यसरी हेर्दा यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले एक वर्षको अवधिमा ५०० प्रतिशत प्रतिफल पाएका छन् । बिहीवार असार ३१ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५१ कायम भएको छ ।

यस दिन कम्पनीको ४ हजार ८६४ कित्ता शेयर खरीदविक्री भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.२ लाख ६ लाख ४१ हजार नाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले कमी आएको हो । अघिल्लो आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड २३ लाख नाफा कमाएको थियो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएकोले नाफा घटेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. १७ करोड ३७ लाख ४९ हजार र शेयर प्रिमियममा रू. ४ करोड १५ लाख ८४ हजार सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ३ रहेको छ ।

4910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका