जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • १०.६१ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको खुद नाफा

१०.६१ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको खुद नाफा

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा सामान्य बढ्दा खुद नाफा पनि सामान्य नै बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १३.६२ प्रतिशत र सञ्चालन मुनाफा ९.२५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ १ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष १३.९३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २०.५६ प्रतिशत र कर्जा २१.६६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतविन्दु बढेर ०.५१ प्रतिशत पुगेको छ

 

7935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका