जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएमबी बैंकको ‘एनएमबी सापटी २.०’

एनएमबी बैंकको ‘एनएमबी सापटी २.०’

एनएमबी बैंकले एनएमबी सापटी २.० आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ ।

यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले बताएको छ ।

यो योजना नेपालमै पहिलो पटक २४ सै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबी सापटीको निरन्तरता रहेको बैंकले बताएको छ ।

यो सुविधा लिन बैंकमा नआई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिनेछ ।

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाखसम्म तुरुन्त कर्जा उपलब्ध गराइनेछ ।

ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्नेछन् ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका