जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सन्राइज र लुम्बिनी विकास बैंकबिच सहकार्य

सन्राइज र लुम्बिनी विकास बैंकबिच सहकार्य

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौु’ भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल (एइक्) सेवाका लागी सहकार्य भएको छ ।

आज सन्राइज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोह बिच सन्राइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यकोलागि
सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (एइक्) उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सन्राइज बैंकले प्रदान गर्नेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (एइक् तथा त्तच्), १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो ।

भिषाको प्रमुख सदस्य समेत रहेको सन्राइज बैंकले हामी सँगसँगै भन्ने मुल नाराका साथ अगाडि बढ्दै आफ्ना सदस्य बैंकहरुलाई सहज र सरल ढँगले डिजिटल भुक्तानीका सेवा सुबिधाहरु ल्याउनको लागी सदैव अग्रगामी भूमिका निभाउँदै आएको छ । बैंकले यसअघि पनि नेपालमै पहिलो पटक सहकारी सँस्थाका सदस्यहरुका लागि भिषा कार्ड सेवाको सुरुवात समेत गरिसकेको छ ।

6115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्