जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महेताको स्वागतमा हेलिकप्टर चार्टड देखि पाँचतारे होटलमा रात्रीभोज

महेताको स्वागतमा हेलिकप्टर चार्टड देखि पाँचतारे होटलमा रात्रीभोज

नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको पैसा धुमाउरो पाराबाट खर्च गर्नु पनि कानुन विपरित हुन्छ । तर, यस्तो घटना भएके छ एभरेष्ट बैंक लिमिटेड भित्र । गत ६ तारिक देखि १० तारिक (४ दिन) नेपाल भ्रमणमा पञ्जाब नेशनल बैंक इन्डियाका कार्यकारी अध्यक्ष सुनिल महेता नेपाल आएका थिए । उनीको ४ दिनको वसाईमा ५० लाख भन्दा बढी एभरेष्ट बैंकले खर्च गरेको फेला परेको छ ।

हायात रेजेन्जी होटल स्रोतले दिएको जानकारी अनुसार भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष हायात रेजेन्सी होटलमा ४ दिन बसेका थिए । दिनको ८० हजारको बिल आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जस्तै गरी बसाईको व्यवस्था एभरेष्ट बैंकका सीइओ सेमेश्वर सेठले गरि जनताको पैसामा फूपूको श्राद्ध गरेको भेटिएको छ । यो खोजीको विषय बनेको छ ।

हाल एभरेष्ट बैंकमा सेठ सीइओ छन् । भारतीय पञ्जाब नेशनल बैंकका डिजीएम हुन् । सोमेश्वर सेठ उनीको बढुवा अझै भएको छैन । उनी आगामी जेष्ठमा भारत फिर्ता हुँदैछन् । उनीकै अगुवाईमा २५ औं बैंकको वार्षिक उत्सव मनाउने निउँमा भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्षलाई नेपाल बोलाई ५० लाख भन्दा बढी खर्च गरेको भेटिएको छ ।

कार्यकारी अध्यक्ष महेतालाई सोलुखुम्बुका रमणीय स्थान घुमाउन बैंकले हेलिकप्टर भाँडामा लिएर गएको थियो । भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष महेता, महेताको श्रीमती, एभरेष्ट बैंकका सीइओ, सीइओकी श्रीमती लगायत बैंकका उच्च कर्मचारी सो भ्रमणमा गएको एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए ।

जनताको पैसामा नेपाली भूमिका चर्को दादागिरी गर्दै सोमेश्वर सेठ, सीइओ भएर आएपछि एभरेष्ट बैंकले आफ्नो स्वार्थ बमोजिम लाखौं खर्च गरेको देखिन्छ । तर, राष्ट्र बैंकका उच्च कर्मचारी उसैको हायात रेजेन्सी होटलमा आयोजना भएको रात्री भोजमा पुगेका हुन्छन् । यो कस्तो नियमक निकाय हो । गर्भनर साब ?

भारतीय पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्ष सुनिल महेताको स्वागतमा हायात रेजेन्सी (पाँचतारे होटल)मा करिब ३५ लाख खर्च गरी एभरेष्ट बैंकले रक्सी पाटी (रात्री भोज) गरेको खुलेको छ । सो रात्री भोजमा २८ वाणिज्य बैंकका अध्यक्ष, सीइओ र राष्ट्र बैंकका गर्भनर, डेपुटी गर्भनर, कार्यकारी निर्देशक पुगेका थिए । भने, बैंकका नेपाली कर्मचारी ‘खडेबाबा’ जस्तै गरी होटलका प्रत्येक गेटमा खडा रहिरहेको दृश्य हेर्न लायक थियो ।

जनताको पैसामा रातारात एउटा बैंकको अध्यक्ष नेपाल आउँदा ८० लाख भन्दा बढि खर्च हुनु कतिसम्म जायज हो । गर्भनर साब ! तपाईसँग उत्तर छ ? डा.चिरनजीबी नेपाल गर्भनर भए देखि नै भारतीय पञ्जाब नेशनल बैंकको नेपाली बैंक एभरेष्ट बैंकलाई सबै कुरा छुट छ । यसले जे गरेपनि गर्भनर डा. नेपाल बोल्दैनन् । के कारण हो अर्थमन्त्री ज्यू ? अब तपाईले नै यसको उत्तर दिनु पर्ने हो कि ? राजतिलक साप्ताहिक

7805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?