जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • महालक्ष्मी बैंकले कमर्सियल भेहिकल्स किन्न ८० प्रतिशतसम्म कर्जा दिने

महालक्ष्मी बैंकले कमर्सियल भेहिकल्स किन्न ८० प्रतिशतसम्म कर्जा दिने

महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबीच साउन १५ गते सम्झौता भएको छ । विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिबाट ग्राहकले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

5465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?