जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नक्कली फोटोकपीले बैंक खाता

आर्थिक विशेष

नक्कली फोटोकपीले बैंक खाता

नक्कली फोटोकपीले बैंक खाता

अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् ।

खाता खोल्दा एउटा महिलाको फोटो २२ वटा खातामा प्रयोग गरिएको छ । फोटो एउटै भेटिए पनि खातावालाको नाम भने फरक फरक राखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार प्रकाउ परेकाहरुले नाम चलेका सबै बैंकहरुमा खाता खोलेको पाइएको छ ।

ठग गिरोहले अनलाइन अर्डर गर्ने ग्राहकहरुलाई सामान पठाउन अघि त्यस्ता खातामा पैसा जम्मा गर्न लगाउथ्यो । यस्ता खाता केहीमहिना पैसा पठाउन र निकाल्न प्रयोग भएपछि बन्द हुँदै आएका थिए ।

यो अनलाइन ठगीमा खोटाङको जन्तेढुंगा गाउँपालिका- ४ का २२ वर्षीय शिवजी खड्का, २० वषिर्य देवी चौलागाई, मोरङ सुन्दर-हरैचा नगरपालिका- ३ का विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका-२०, विष्णुपादुकाका २० वर्षीय भावना राई, सोही स्थानकी १९ वषिर्या सरिता परियार, २० वर्षीय वर्षा कार्की, २३ वर्षीय सानु गौतम र २१ वर्षीय लक्ष्मी कार्की पक्राउ परेका छन् ।

प्रहरीका अनुसार निरञ्जनप्रसाद आचार्य यो गिरोहका नाइके हुन् । उनले आफ्नो फोटो र अरुको नाम राखेर ११ वटा बैंकखाता खोलेका छन् । त्यस्तै, वर्षा कार्कीले १४, लक्ष्मी कार्कीले १३, सानु गौतमले २२ वटा बैंक खाता खोलेका पाइएको छ ।

बैंकहरुले सक्कली परिचय पत्र विना खाता खोल्न मान्दैनन् । तर यो गिरोहले फोटोकपीको भरमा सहजै खाता खोलेको देखिएको प्रहरी बताउँछ । ‘धेरै खाता एनआइसी एसिया बैंकमा खोलिएको रहेछ’, एसपि अधिकारी भन्छन्, ‘एनआइसीमा खाता खोल्नेले कमिसन पनि पाउदा रहेछन् ।’

उनका अनुसार पक्राउ परेका युवतीहरुले एनआईसी एसिया बैंकमा एउटा खाता खोल्दा तीन हजार रुपैयाँ कमिसन पाएका थिए । खोलेका खाताको चेकबुक भने निरञ्जन आचार्यले राख्ने गरेका थए । प्रहरीले उनीबाट एनआईसी एसियाका १३ वटा चेकबुक जफत गरेको छ ।

ग्राहक संख्या बढाउने अभियानमा रहेका बैंकहरुको कमजोरी देखिएकोले खाता खोल्ने पद्धती र जाँच गर्ने आधारबारे जानकारी गराउन पत्र पठाइएको एसपी अधिकारीले बताए ।

नागरिकताको फोटोकपी कै आधारमा खाता खोल्न नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुनकर केसी बताउँछन् । बैंक खाता खोल्न सक्कली नागरिकताको प्रमाणपत्र अनिवार्य रहेको बताउँदै उनले भने, ‘एउटै फोटो र फरक-फरक नाममा खाता खोल्नु बैंकिङ कसुर हो ।’

मोरङ प्रहरी प्रमुख अधिकारीका अनुसार गिरोहका नाइके निरन्जन आचार्य एक वर्षयता ठगी धन्दामा संलग्न थिए । प्रहरीसँगको बयानमा उनले एक वर्षको अवधिमा एक करोड भन्दा बढी रकम भारतीय एजेण्टलाई पठाएको बताएका छन् । उनीबाट ६७ लाख ९९ हजार रुपैयाँ बरामद भएको थियो ।

भारतीय आधार कार्डसमेत लिएका आचार्यको भारतीय बैंकमा पनि खाता छ । उनी भारतीय गिरोहका एजेण्ट रहेको प्रहरीको ठम्याइ छ । एक वर्षका एक करोड रुपैयाँ भारत पठाएको स्वीकार गरेका उनले आफूलाई ५ प्रतिशत मात्र कमिसन आउने बयान दिएका छन् ।

उनले सरकारी कार्यालयको कागज र छाप पनि किर्ते गरेका छन् । आचार्यको कोठाबाट विराटनगर भन्सार यात्रु कार्यालय शाखाको स्टाम्प, विराटनगर भन्सार कार्यालयको अस्थायी पैठारी अनुमति पत्र ४० थान, ३७ वटा नागरिकताको फोटोकपी, भन्सार प्रज्ञापन पत्र ६० थान, भारतीय आधार कार्ड, नेपाली र भारतीय कम्पनीका २५ वटा सिमकार्ड, कम्यूटर, पि्रन्टर लगायतका सामाग्री भेटिएको थियो ।

पक्राउ परेकाहरुलाई मलुकी अपराध संहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउन अनुसन्धान गरिरहेको जानकारी एसपी अधिकारीले दिए ।

8370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका