जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • युनियन लाइफद्वारा ५ लाख १८ हजार मृत्यु दाबी भुक्तानी

युनियन लाइफद्वारा ५ लाख १८ हजार मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिवार एक कार्यक्रमको गरी मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।

कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बिमित गम बहादुर थापाको हकवाला शुक्लागण्डकी ४ तनहुँ निवासी निजको श्रीमती देउ माया थापा मगरलाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

२०७७ साल असोजमा मृतक गम बहादुर थापा मगरले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए । ५ लाखको बीमा गरेका निज मल्लको गत असार महिनामा निजको असमाहिक निधन भएको थियो ।

बीमितको हकवाला श्रीमती देउ माया थापा मगरले जीवन बीमाको महत्व अत्यन्तै रहेको आफुलाइ अनुभव भएको सुनाउदै बीमाले जिबित भए आफैलाइ र मृत्यु पश्चात परिवारलाई आर्थिक रुपमा सबल बनाउने हुँदा दाबी भुक्तानी बापत पाएको रकमले आफ्ना छोरा छोरीको बीमा गरिदिने बताइन्

6240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?