जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबि बैंक एशियन बैंकिङ्ग एण्ड फाईनान्स ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

एनएमबि बैंक एशियन बैंकिङ्ग एण्ड फाईनान्स  ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (IFC) संग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (IFC) संग सम्झौता अन्तर्गत एनएमबि बैंकले IFC द्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।


एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।


बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरण्ीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको छ । “एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढन थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनु भयो ।


बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

2155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका