जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एशियन लाइफद्धारा ३२ लाख ८३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्धारा ३२ लाख ८३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतक केशव शाहीको परिवारलार्य बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई मृत्यु दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

कम्पनीले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा गई मृतकको श्रीमती झलक कुमारी शाहीलाई दाबी वापतको चेक हस्तान्तरण गरेको जनाएको छ । स्वर्गिय शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, वार्षिक धनलाभ, नव रत्नसहित नौ वटा जीवन बीमा गरेका थिए ।

एशियन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको २०७८ बैशाख २२ गते कोरोना संक्रमणको उपचारका क्रममा निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख विजय पराजुली,दैलेख शाखा प्रबन्धक डम्मर ढकाल, भैरवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, उपाध्यक्ष पदम कुमारी विष्ट, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भलराम पंगालीलगायतको उपस्थिति रहेको थियो ।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका