जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • डेपुटी गभर्नर श्रेष्ठको छानबिन फाइल मन्त्रीपरिषदमा

डेपुटी गभर्नर श्रेष्ठको छानबिन फाइल मन्त्रीपरिषदमा

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गरि तयार पारिएको प्रतिवेदन मन्त्रीपरिषद्को कार्यालयमा पुगेको छ।

सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिले प्रतिवेदन तयार पारेको थियो।

श्रेष्ठरसँग पनि सोधपुछ गरेर प्रतिवेदन तयार पारिएको थियो। प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय पठाएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिवेदन मन्त्रीपरिषद् लगेका हुन्।

‘राष्ट्र बैंकबाट जस्तो आयो त्यस्तै प्रतिवेदन खाम पनि नखोली हामीले मन्त्रीपरिषद् कार्यालयमा बुझाइसकेका छौं,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘अब चाँडै यो विषयको छिनफानो होला।’

सम्पति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा सरकारले श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। उनीमाथि वित्तीय क्षेत्रलाई समस्यामा पार्ने, नक्कली बिल बनाएर भुक्तानी लिनेजस्ता आरोप सरकारले लगाएको थियो ।

11570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका