जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सानिमा बैंकको नाफा साढे १४% ले बृद्धि

सानिमा बैंकको नाफा साढे १४% ले बृद्धि

सानिमा बैंकले १४।४० प्रतिशतले नाफा बढाएको छ। अघिल्लो बर्षको पहिलो त्रैमास ९साउनदेखि असोजसम्म० बैंकले ५१ करोड ८८ लाख नाफा गरेको थियो। यसपालीको पहिलो त्रैमासमा बैंकले ५९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको हो।

बैंकले निक्षेपमा लिने र ऋणमा दिने ब्याजको अन्तर ४।४ प्रतिशतलाई यथावत राख्दै खुद ब्याज आम्दानी १७ प्रतिशतले बृद्धि गरेको छ। बैंकले १ अर्ब १४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको हो।

बैंकले ७।३२ प्रतिशतले निक्षेप बढाएर ऋण २।५८ प्रतिशतले बृद्धि गरेको छ। ऋण र निक्षेपको अनुपात गत असार मसान्तसँग अहिलेको असोज मसान्त तुलना गरेर निकालिएको हो।

बैंकले तीन महिनामा निक्षेप ६ अर्ब ५४ करोड रुपैयाँले बढाएर ९५ अर्ब ९२ करोड पुर्याएको छ। ऋण बिस्तार २ अर्ब १० करोडले बढाएको छ। असोजसम्म कुल ऋण ८३ अर्ब ५२ करोड पुगेको छ।

बैंकको आधार दर केही घटेको छ। ९।८ प्रतिशतबाट आधार दर ९।२१ प्रतिशतमा झरेको छ।

7820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका