जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • गभर्नर अधिकारीले भने-‘ऋणको ठूलो हिस्सा सेयर बजारमा गएको छैन, लघुवित्तको नाफा भने अस्वभाविक’

गभर्नर अधिकारीले भने-‘ऋणको ठूलो हिस्सा सेयर बजारमा गएको छैन, लघुवित्तको नाफा भने अस्वभाविक’

गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको नाफा अस्वभाविक बढेको बताएका छन्।  लघुवित्तलाई ब्याजदर थ्रेस होल्ड १५ प्रतिशत तोक्दा पनि नाफा अधिक देखिएको उनले बताए।

संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले बैंकहरुको नाफा भने सन्तोषजनक रहेको दाबी गरे। उनले संसदहरुको प्रश्नको जवाफ दिदैं ऋणको ठूलो अंश सेयर बजारमा नगएको बताए।

सांसदहरुले ऋणको हिस्सा बढ्दै जाने र आर्थिक वृद्धिदर संकुचन हुनु प्राकृतिक नभएको बताएका थिए।

जवाफमा गभर्नर अधिकारीले भने-‘ऋणको २० प्रतिशत व्यापार क्षेत्रमा गएको छ, राष्ट्र बैंकको अध्ययनमा ठूलो मात्रामा ऋण सेयर बजारमा गएको देखिएको छैन।’  सहुलियत कर्जामा सरकारको सहयोग भएपनि बैंकले जोखिम लिन नचाहेकोले कर्जा बजारमा जान नसकेको गभर्नर अधिकारीको भनाई छ।

शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण हालसम्म ४० जना भन्दा धेरैले लिन सकेको छैन।

4785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?