जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकले सहारालाई प्राप्ति गर्ने, ४ वर्षदेखि रोकिएको सहाराको कारोबार कहिले खुल्छ?

गरिमा विकास बैंकले सहारालाई प्राप्ति गर्ने, ४ वर्षदेखि रोकिएको सहाराको कारोबार कहिले खुल्छ?

गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्तावसहित  सहारा विकास बैंकले २०७४/७५, २०७५/७६, र २०७६/७७ गरी तीन आर्थिक वर्षको साधारणसभा एकैपटक डाकेको छ।

सर्लाहीको होटल कुसुम एण्ड पार्टी प्यालेसमा आगामी भदौ १२ गते बैंकको ३ आर्थिक वर्षको साधारणसभा बोलाइएको छ।

२०७४ जेठमा साबिकको देवः विकास बैंकसँगको मर्जर सम्झौता गरे पनि उक्त मर्जर सफल हुन सकेन। बैंकको सेयर कारोबार त्यति बेलादेखि नै रोक्का रहेको छ।

नयाँ प्राप्ति सम्झौतापछि एकीकृत कारोबार नभएसम्म बैंकको सेयर कारोबार रोक्का नै रहने छ। साबिकको देवः विकास बैंक भने यतिबेला कुमारी बैंकमा प्राप्ति भइसकेको छ।

सहारा विकास बैंकमा २०७४ जेठ २५ गते सम्म कायम दुवैतर्फका सेयरधनीहरुले त्यसपछि प्राप्त गरेको बोनस सेयरसहित अहिले कायम भएको सेयर संख्या अनुसार नै गरिमा विकास बैंकमा सेयर पाउने छन्।

गरिमाले सहारालाई प्राप्ति गरेपछि गरिमा विकास बैंक को नामबाट कारोबार हुनेछ।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका