जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकबाट ६१ अर्ब गायब हुँदा पनि घटेन सेयर कारोबार

बैंकबाट ६१ अर्ब गायब हुँदा पनि घटेन सेयर कारोबार

बैंकिङ प्रणालीमा तरलता कसिलो हुँदै जाँदा समेत सेयर बजारमा लगानीको आकारमा भने त्यसको असर देखिएन। चालु आर्थिक वर्षको २२ दिनमै बैंकहरुबाट ६१ अर्ब रुपैयाँ निक्षेप घटिसकेको तथ्यांक छ। सामान्यता वित्तीय प्रणालीमा तरलता कसिलो हुँदा यसको असर सेयर बजारमा देखिने गरेको भएपनि मंगलबार झन्डै १८ अर्बको सेयर कारोबार भएको छ।

यो कारोबार रकम पछिल्लो ४० कारोबार दिनयताकै सर्वाधिक हो। यसअघि जेठ ३१ मा १८ अर्बभन्दा बढीको सेयर किनबेच भएको थियो।
सोमबारको तुलनामा पनि झन्डै चार अर्बले धेरै रकम (१७ अर्ब ८५ करोड रुपैयाँ) को धितोपत्र किनबेच हुँदा बजार सूचक नेप्से ५१.९७ अंकले उक्लिएको छ। यस क्रममा म्युचुअल फन्ड र ऋणपत्रहरुबाहेक १८५ कम्पनीको कारोबार भयो। तीमध्ये १३७ कम्पनीको सेयरमा लगानी गर्नेले आए कमाएका छन्। ४६ वटाका लगानीकर्ताले नेटवर्थ गुमाए भने दुईवटाको यथावत रहेको छ।

म्युचुअल फन्ड र ऋणपत्रसमेत गरेर कुल २२५ वटा धितोपत्रको किनबेच भएको हो।

कारोबार भएका मध्ये १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। अन्य कम्पनीको कम्तिमा ०.०१ देखि ९.५८ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।

सोमबारसम्म जलविद्युत् कम्पनीले धान्दै आएको सेयर बजार सूचकलाई आज फाइनान्स कम्पनी र त्यसपछि विकास बैंकले उचालेका हुन्। जलविद्युतमा माउन्टेन इनर्जी मात्र करिब १० प्रतिशतले मूल्य बढ्नेमा परेको छ। सोपछि ङादी पावरको  ७ प्रतिशत हाराहारीले सेयर मूल्य उक्लिएको हो। अन्य जलविद्युत कम्पनीको आज त्यति उत्साहजनक प्रदर्शनी रहेन।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका