जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंकले २९ हजार ३८० कित्ता संस्थापक शेयर लिलाम बिक्रीको लागि आह्वान गरेको छ।

बैंकले कात्तिक २१ गतेदेखि २८ गतेसम्म बोलकबोल लिलाम खुला गरेको हो। न्युनतम २ सय ७५ रुपैयाँबाट बोलकबोल सुरु हुने बैंकले जनाएको छ।

शेयर खरिदको लागि न्युनतम तीन हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। अधिकतमका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमा ननाघ्ने हुनु पर्छ। खरिदकर्ताले आवदेन बराबरकै रकम पूर्ण भुक्तानी गर्नुपर्नेछ।

संस्थापक शेयरधनीहरुको लागि ‘फिट एड प्रपर टेस्ट’ का लागि आवस्यक काजगपत्र प्रस्तुत गर्नु पर्नेछ। जसमा कालोसूचीमा समावेश नभएको प्रमाणित कागजात, आय स्रोत खुल्ने काजपत्र, कर चुक्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ।

तोकिएको समयभित्र एनआइविएल एस क्यापिटल लाजिम्पाटमा आवेदन दिन सकिने बैंकले जनाएको छ।

हाल दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य ४१२ रुपैयाँ छ। सर्वसाधारण शेयरको भने बजार मूल्य ४४२ रुपैयाँ छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन।

बैंकले हरेक वर्ष ३० प्रतिशतभन्दा माथि लाभांश दिँदै आएको छ। गत वर्ष पनि १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिएको थियो।

9890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?