जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ५०.६९%ले बृद्धि

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ५०.६९%ले बृद्धि

नेपाल इन्भेष्टमेन्ट बैंकले नुद नाफा ५०.६९ प्रतिशतले बढाएको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँ भएको जनाएको छ।

जबकी बैंकको खुद ब्याज आम्दानी घटेको छ। बैंकले खराब ऋण घटाउँदै अन्य आम्दानीमा पनि सुधार गरेका कारण खुद नाफा बढेको हो। बैंकले गत बर्ष डुबाएका केही ऋण उठाएको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ३.१९ प्रतिशतले घटेर ५ अर्ब ५९ करोडमा सीमित भएको छ। यो बीचमा बैंकले ऋण १६ प्रतिशतले बढाएको छ भने निक्षेप करिव ५ प्रतिशतले बृद्धि गरेको छ। ऋण बढ्दासमेत बैंकको नोक्शानी ब्यवस्थापनको रकम ८१ प्रतिशतले घटेको छ। यही कारण नाफामा राम्रो सुधार देखिएको हो।

बैंकको ब्याज स्प्रेड दर ३.९९ प्रतिशतबाट ३.३३ प्रतिशतमा झरेको छ। आधार दर ७.८८ बाट ५.७४ प्रतिशतमा आएको छ। बैंकको प्रति सेयर आम्दानी करिव २४ रुपैयाँ पुगेको छ।

5355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका