एनएमबि बैंकले गत आर्थिक वर्षमा ५९.४२ प्रतिशतले नाफा बढाएर २ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ७१ करोड थियो । वित्तीय विवरण अनुसार एनएमबि बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ ।
१६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको एनएमबि बैंकको पूँजीकोष अनुपात १५.०९ प्रतिशत छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । बैंकको इपिएस १६ रुपैयाँ ७८ पैसा रहेको छ ।
खराब कर्जा अनुपात २।२७ प्रतिशत रहेको एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ प्रतिशत रहेको छ । बैंकको आरओई १२.०१ प्रतिशत रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३.३२ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २८.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मनुाफा ५६.४८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर ३८ करोड ३४ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
बैंकको चुक्ता पूँजी १७.०२ र जगेडा कोष ९।२४ प्रतिशत बढेको छ। बैंकको निक्षेप २४.८७ र कर्जा ३०।५४ प्रतिशत बढेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४.४५ रुपैयाँ बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ।