जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सर्वोच्च अदालतले बस्नेतको सम्पत्ती फिर्ता गर्न आन्तरिम आदेश दिएसंगै (तत्कालीन ग्राण्ड र किष्ट बैंक)को धितो लिलामी गरेर बसेको प्रभु बैंक महासंकटमा ! (प्रमाण सहित)

सर्वोच्च अदालतले बस्नेतको सम्पत्ती फिर्ता गर्न आन्तरिम आदेश दिएसंगै (तत्कालीन ग्राण्ड र किष्ट बैंक)को धितो लिलामी गरेर बसेको प्रभु बैंक महासंकटमा ! (प्रमाण सहित)

सर्वोच्च अदालतले घरजग्गा व्यावसायी सुधिर बस्नेतको बैंक र वित्तिय संस्थाले लिलामी गरेको घरजग्ग (सम्पत्ती) फिर्ता गर्न अन्तरिक आदेश दिएसंगै अर्बै अर्ब कर्जा दिएको प्रभू बैक लिमिटेड संकटमा होइन महासंकटमा फसेको छ भन्दा अब चाहि फरक पर्दैन ।

तत्कालीन किष्ट बैंक लिमिटेड र ग्राण्ड बैंक लिमिटेडले बोलाई÷बोलाई सुधिर बस्नेतलाई दिएका अर्बौ अर्ब कर्जा नउठेपछि यी दुबै बैंकको दायित्व लिएको प्रभु बैंकले बस्नेतका अधिकाशं धितो (सम्पत्ती) लिलामी गरि कर्जा उठाएको थियो भन्दा फरक पर्दैन ।
प्रभु बैंकले सुधिर बस्नेतका दर्जनौ राम्रा धितो लिलामी गरि कर्जा उठाएसंगै बस्नेतबाट ठगीएका भनिएका सयौं मान्छे करोडपतिवाट रोडपति बनेका छन् भन्दा पनि फरक पर्दैन ।

प्रभु बैंकले लिलामी गरेको कतिपय सुधिर बस्नेतका सम्पत्ती बिक्री नभएपछि केही सम्पत्ती भने आफैले भोक चलन गरिरहेको फेला परेको छ अब सर्वोच्च अदालतको आदेशसंगै ती सबैं सम्पत्ती (धितो) प्रभू बैंकले फिर्ता गर्नु पर्ने दायित्व बैंकको हो कि होइन । यसको उत्तर कसले दिने हो ?

घर जग्गा व्यवसायी बस्नेतले बैंक र वित्तिय संस्थाहरुले भोगचलन गरेका सम्पत्ती फिर्ता पाऊ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । बस्नेतले बैंक र वित्तिय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाएर मुद्दा दिएका थिए । यसै मुद्दा माथी सर्वोच्च अदालतका माननीय न्यायाधिश पुरुषोत्तम भण्डारीको एक इजालासले बस्नेतले माग गरे अनुसार नै फैसला जारी गरे संगै दर्जनौ बैंक र वित्तिय संस्थाहरुलाई झड्का लागेको हो ।

त्यसमाथी पनि तत्कालीन ग्राण्ड बैंक र किष्ट बैंकबाट गएका (प्रभु बैंक)को कर्जाकै कारण प्रभु बैंक महासंकटमा फस्दै गएको भेटिएको हो ।
प्रभु बैंकले (किष्ट बैंक र ग्राण्ड बैंक) मर्जर गरेसंगै यी बैंकबाट घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई कहाँ कति कर्जा गएको थियो हेरौं ।

 (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको ) ५२ लाख ७ करोड ९५ लाख धितो AUCTION  भैसकेको ।हाल ऋण असूली न्यायाधीकरणमा मुद्दा बिचाराधीन रहेको
सुधीर बस्नेत-व्यक्तिगत कर्जा प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६६ ९१ लाख १ करोड ७ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
आयुषा डेभलपर्स, काठमाडौं प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६४ २ करोड ३७ लाख ५ करोड ३४ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
कोहिनुर हिल प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६५ ४ करोड ३० लाख ६ करोड ३ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
अग्नि एयर प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६६ १७ करोड ४० लाख ३३ करोड २४ लाख धितो AUCTION  भैसकेको ।
एवजंग रायमाझी -व्यक्तिगत कर्जा प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) ५२ लाख ७ करोड ९५ लाख धितो AUCTION  भैसकेको ।हाल ऋण असूली न्यायाधीकरणमा मुद्दा बिचाराधीन रहेको
सुधीर बस्नेत-व्यक्तिगत कर्जा प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६६ ९१ लाख १ करोड ७ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
आयुषा डेभलपर्स, काठमाडौं प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६४ २ करोड ३७ लाख ५ करोड ३४ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
कोहिनुर हिल प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६५ ४ करोड ३० लाख ६ करोड ३ लाख धितो AUCTION  भैसकेको । हालऋ.अ न्या मा मुद्दा बिचाराधीन
अग्नि एयर प्रभु बैंक (तत्कालीन किष्ट र ग्राण्ड बैंकले दिएको) २०६६ १७ करोड ४० लाख ३३ करोड २४ लाख धितो AUCTION  भैसकेको ।

तत्कालीन ग्राण्ड बैंक र किष्ट बैंक (हाल प्रभु बैंक)बाट यसरी लिएका थिए घरजग्गा व्यवसायी सुधिर बस्नेतले कर्जा करोड होइन अर्ब कर्जा दिएको फेला परेको छ ।

यी कर्जाका धितो मध्ये केही धितो बाहेक सबै धितो प्रभु बैंकले लिलामी गरि बिक्री गरिसकेको छ भने केही लिलामी नभएपछि प्रभु बैंक आफैले नै भोकचलन गरिरहेको भेटिएको छ ।

ग्राण्ड बैंक लिमिटेड र किष्ट बैंक लिमिटेडका आकर्षक भौतिक संमरचना र राम्रा धितो देखि रातारात यी दुई बैंक मर्ज गरि प्रभु विकास बैंकबाट प्रभु बैंक बनेको प्रभु बैंक फेरि संकटमा फस्दै गएको छ भन्दा फरक पर्दैन । कहाँ छ राष्ट्र बैंक किन बोल्दैन ?

केही दिन अगाडी प्रकाशन गरेको पहिलो क्वाटरको वित्तिय विवरणमा खराब कर्जा घटाएको प्रभु बैकले यिनै सुधिर बस्नेतका सम्पत्ती विक्री गरी कर्जा उठाएको बैंक उच्च स्रोतको दाबी छ । अब सम्पत्ती फिर्ता गर्न प्रभु बैंकले के गर्नुपर्ला यसबारे बैंकका सीइओ अशोक शेरचनसंग पटक÷पटक सम्पर्क गर्दा सम्पर्क भएन । तरपनि अब बैंकले सर्वोच्च अदालतमा सुधिर बस्नेतले पाएको आदेश खारेजीका लागि भ्याकेट निवेदन हाल्नु पर्ने विकल्प रहेको देखिन्छ ।

एक पछि अर्को विवादमा फस्दै आएको प्रभु बैंकका दर्जनौ कर्मचारी बीमा र अन्य कम्पनीमा सञ्चालक छन् । बैंकका जागिर र अन्य कम्पनीका भत्ता लिने प्रभु बैंकका कर्मचारीहरु कै सम्पत्ती छानबीन हुनुपर्ने चर्को माग शेयरधनी र लगानीकर्ताहरुले गर्ने थालेका छन् । एक प्रमोटर शेयरधनीले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने आगामी साधारणमा हामी कर्मचारीका बारेमा चर्को कुरा उठाउने छौं । यदि नेतृत्व नसच्चिय छानवीन गर्न माग गर्दै सम्बन्धीत निकाय पुग्नेछौं नि ।

जनताको पैसामा घर परिवार चलानउनेहरुले जनताको पैसा बढाएर दिनु पर्दछ । जनताको पैसा माथी तलब पनि अर्को संस्थामा भत्ता पनि लिन पाइदैन । हेक्का होस् ।

6495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका