जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एनएमबि बैंकको नाफा ५९.४२ प्रतिशतले बढ्दा वितरणयोग्य नाफा कति पुग्यो ?

एनएमबि बैंकको नाफा ५९.४२ प्रतिशतले बढ्दा वितरणयोग्य नाफा कति पुग्यो ?

एनएमबि बैंकले गत आर्थिक वर्षमा ५९.४२ प्रतिशतले नाफा बढाएर २ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ७१ करोड थियो । वित्तीय विवरण अनुसार एनएमबि बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ ।

१६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको एनएमबि बैंकको पूँजीकोष अनुपात १५.०९ प्रतिशत छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । बैंकको इपिएस १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

खराब कर्जा अनुपात २।२७ प्रतिशत रहेको एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ प्रतिशत रहेको छ । बैंकको आरओई १२.०१ प्रतिशत रहेको छ ।  बैंकको खुद ब्याज आम्दानी ३.३२ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २८.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मनुाफा ५६.४८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर ३८ करोड ३४ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।

बैंकको चुक्ता पूँजी १७.०२ र जगेडा कोष ९।२४ प्रतिशत बढेको छ।  बैंकको निक्षेप २४.८७ र  कर्जा ३०।५४ प्रतिशत बढेको छ।  खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ४.४५ रुपैयाँ बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ।

5705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका