जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा ४६ करोड ५७ लाख पुग्यो

शिखर इन्स्योरेन्सको नाफा ४६ करोड ५७ लाख पुग्यो

शिखर इन्स्योरेन्सले आर्थिक वर्षको चौथो त्रैमासम्ममा ५.६८ प्रतिशतले नाफा बढेको छ । कम्पनीले गत वर्षको नाफा ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४५ करोड १ लाख ८४ हजार खुद नाफा कमाएको थियो ।

गत वर्षको आम्दानीका अनुसार कम्पनीको प्रतिशेयर आम्दानी प्रभावित भएको हो । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसाले घटेर २७ रुपैयाँ ५ पैसामा आएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा वार्षिक थियो ।

यसअवधिमा खुद बिमा शुल्क ९.५५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ७६ लाख १ हजार पुगेको छ । बिमा कोषको आकार २२.५० प्रतिशतले बढेर १ अर्ब २९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ छ ।

4480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका