जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • कारोबारै हुन छाडेको अन्तर बैंक दर उक्लिन थाल्यो, ६ महिना र वर्ष दिनको ट्रेजरीको दर उस्तै

कारोबारै हुन छाडेको अन्तर बैंक दर उक्लिन थाल्यो, ६ महिना र वर्ष दिनको ट्रेजरीको दर उस्तै

असार मसान्तताका सरकारी खर्च ह्वात्तै बढेर ६ अर्बको अधिक तरलता १२७ अर्ब पुगेपछि घटेको अन्तर बैंक ब्याज दर बिस्तारै उक्लिन थालेको छ। बीचमा अन्तर बैंक कारोबार नै हुन छाडिसकेको थियो।

यद्यपि अहिले पनि प्रणालीमा अधिक तरलताको अवस्था छ। तर बैंकहरुले आपसमा लिने सापटी दरमा भने थोरै वृद्धि भएको छ। ०.११ प्रतिशतको अन्तर बैंक सापटी ०.८ प्रतिशत पुगेको हो। तरलता कम हुँदा असार मसान्तअघि अन्तर बैंक सापटी ४.९ प्रतिशतसम्म पुगेको थियो।

तरलता बजारमा धेरै भएपनि ट्रेजरी बिलको दरमा खासै फरक परेको छैन। अझ रमाइलो ६ महिना र वर्ष दिनको दर लगभग उही छ।

राष्ट्र बैंकका अनुसार, ३६४ दिने ट्रेजरी बिलको दर ३.९६ प्रतिशत छ। जबकी १२८ दिन ट्रेजरीको दर ३.९५ प्रतिशत छ। ९१ दिनेको ०.५८ र २८ दिने ०.१७ प्रतिशत  ट्रेजरीको ब्याज (यसलाई बट्टादरमा हिसाब गरिन्छ) छ।

7515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका