जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांस दिने

सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांस दिने

सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले लाभांस घोषणा गरेको छ। फण्डलाई सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको छ।

फर्स्ट म्युचुअल फण्डका इकाइधनीले कर सहित ५० प्रतिशतका दरले हुन आउने प्रतिफल पाउने छन्।

यसले त्रिचालिस करोड रुपैयाँ प्रतिफल लगानीकर्तालाई बाँड्ने छ। दर्ता किताब बन्द हुने सम्बन्धी सूचना भने चाँडै दिने कम्पनीले जनाएको छ।

प्रति इकाइ खुद सम्पतिको मूल्य १९.२१ रुपैयाँ छ। यसको खुद आम्दानी ७६ करोड ८१ लाख रुपैयाँ छ

5305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका