जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुमारी बैंकको नाफामा साढे ५१% को छलाङ, १२१ करोड रुपैयाँ कमायो

कुमारी बैंकको नाफामा साढे ५१% को छलाङ, १२१ करोड रुपैयाँ कमायो

कुमारी बैंकले ५१.४९ प्रतिशतले नाफा बढाएको छ। बैंकले सोमबार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उच्च सुधार भएको देखाएको छ।

बैंकले ६ महिनामा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको ६ महिनामा नाफा ८० करोड ३० लाख रुपैयाँ थियो।

चालु वर्षको ६ महिनाको नाफामध्ये पछिल्लो तीन महिना (कात्तिकदेखि पुस) को हिस्सा ६१ करोड ४० लाख रुपैयाँ छ।

बैंकको स्प्रेड दर घटेको छ भने आधार दर पनि कम छ। एक वर्षमा करिब करिब ४ अर्बले नयाँ ब्यापार थपिएको छ। बैंकको वित्तीय विवरण अनुसार, खराब ऋण उठ्तीमा बैंकले निकै प्रगति गरेको छ। यसले पनि मुनाफामा सुधार भएको हो।

अर्को फाइदा भने ब्याज आम्दानीमा उच्च सुधार छ। बैंकले अघिल्लो वर्ष ५ अर्ब २० करोड कुल ब्याज आम्दानी गरेको थियो भने यसपाली ६ अर्ब ३७ करोड रुपैयाँ गरेको छ। जबकी ब्याज खर्च ३ अर्ब ३७ करोडबाट बढेर ३ अर्ब ८७ करोड पुगेको छ। यस हिसाबले खुद ब्याज आम्दानी एक अर्ब ८२ करोडबाट २ अर्ब ४९ करोडमा उक्लिएको देखिन्छ।

बैंकको व्यापार भने एक खर्ब १० अर्बबाट एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। यो भनेको खासै ठूलो वृद्धि होइन। निक्षेप पनि एक खर्ब १६ अर्बबाट एक खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। बैंकले स्प्रेड दर ४.३७ बाट ३.५८ प्रतिशतमा झारेको छ। आधार दर १०.४५ बाट ७.९२ प्रतिशतमा झारेको छ।

5155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका