जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • चार अर्ब नयाँसहित २९ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

चार अर्ब नयाँसहित २९ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सरकारले चार अर्ब रुपैयाँ नयाँसहित २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। यसमध्ये २५ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो।

आइतबार सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिँदैछ। राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिलमार्फत ४ अर्ब नयाँ आन्तरिक ऋण उठाइ दिन लागेको हो।

यसबाहेक २८ दिने चार अर्ब, ९१ दिने ३ अर्ब १३ करोड, १८२ दिने ६ अर्ब र १२ अर्बको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

अघिल्लो पटक २८ दिनेको ७.९१ प्रतिशत, ९१ दिनेको ९.३२ प्रतिशत, १८२ दिनेको ९.३५ प्रतिशत र ३६४ दिनेको ८.८ प्रतिशत ब्याजदर कायम भएको थियो।

3565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?