जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकको ऋण १५ दिनभित्र तिरे ब्याज, हर्जानामा बिशेष सहुलियत ?

सेञ्चुरी बैंकको ऋण १५ दिनभित्र तिरे ब्याज, हर्जानामा बिशेष सहुलियत ?

कोभिड-१९ का कारणले समस्यामा परेका ऋणीलाई सेञ्चुरी कमर्सियल बैंकले सहुलियत दिने स्किम ल्याएको छ। बुधबार एक सूचना जारी गर्दै बैंकले ऋण तिर्न नसकेकाहरुलाई लक्षित गर्दै छुट दिने स्किम ल्याएको हो।

बैंकका अनुसार, कोभिड-१९ वा अन्य जुनसुकै कारणले ऋण नबुझाएर उनीहरुले लगेको पैसा निष्कृय ऋणमा परिवर्तन भइसकेकोछ । उनीहरुलाई ऋण तिर्नका लागि भेटेर वा सार्वजनिक सूचना तथा पत्राचार गर्दा पनि सम्पर्कमा आएका छैनन्।

यस्ता ऋणीलाई सेञ्चुरी बैंकले १५ दिनको समय दिएर विभिन्न छुट दिने स्किम ल्याएको हो। यस्ता ऋणीले छुट पाउनक लगि बैंकको पुतलीसडकस्थित कार्यालयमा सम्पर्क राख्नु पर्ने हुन्छ।

खराब ऋणमा परिणत भएको ऋण १५ दिनभित्र भुक्तानी गरेमा बैंकले ब्याज, हर्जाना ब्याजलगायत ब्याजको ब्याजमा समेत निश्चित समयसम्मको लागि विशेष छुट दिने जनाएको छ। यदि १५ दिनभित्र पनि नतिरेमा बैंकले कानुनी प्रकृया अगाडि बढाउने जनाएको छ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका