जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुन तस्करी प्रकरणमा सीआईबीबाटै भीआईपीको संरक्षण

सुन तस्करी प्रकरणमा सीआईबीबाटै भीआईपीको संरक्षण

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी सम्बन्धि अनुसन्धान फितलो भएको निष्कर्श निकालेको छ । बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै आयोगले अनुसन्धान फितलो भएको निष्कर्श निकालेको हो ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउने गरी फितलो अनुसन्धान गरेको बताएका छन् । प्रतिवेदन अध्ययन गर्दा सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरूलाई नै बचाउने गरी अनुसन्धान गरिएको र गम्भीर त्रुटि देखिएको उनको भनाइ छ ।

आयोगको प्रतिवेदनमा अनुसन्धानमा खटिएका उच्च अधिकारीले नै केही व्यक्तिलाई बचाउनका लागि भूमिका खेलेको देखाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार सात जनाविरुद्द मुद्दा चलाउनका लागि सिफारिस पनि गरिएको छ ।

असोज १४ मा मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार प्रतिवेदन गृहमन्त्री लामिछानेलाई १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेपमार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो ।

कारवाहीको सिफारिसमा सीआईबी नेतृत्व

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेकी छन् । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ ।

सरकारी वकिल र भन्सारका कर्मचारीलाई पनि कारबाही

आयोगले सरकारी वकिल र भन्सारका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा सीआईबीले गरेको त्रुटिमा अभियोगकर्ताको पनि जिम्मेवारी हुने भएको भन्दै आयोगले दुई जनालाई कारबाहीलाई सिफारिस गरेको हो ।

महरामाथि मुद्दा चलाउनु पर्ने

आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिकारीमाथि पनि कारवाही हुनुपर्ने

आयोगले सहसचिव तथा नेपाल ट्रष्टको कार्यालयको प्रवक्ता झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको बताइएको छ । यसअघि अध्यागमन विभागको महानिर्देशककोरूपमा काम गरिरहेका उनको पनि यो प्रकरणमा संकास्पद भूमिका देखिएपछि त्यहाँबाट सरुवा गरिएको थियो ।

सुबु केसीविरुद्द मुद्दा चलाउन सिफारिस

आयोगले सुबु केसीविरुद्द पनि मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको हो । सुन तस्करी प्रकरणमा केसीको पनि संलग्नता देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

भण्डारीविरुद्द पनि मुद्दा

आयोगले सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीविरुद्द पनि मुद्दा चलाउन सिफारिस गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?