जोडिनुहोस
बिहिबार, चैत्र ६, २०८१
बिहिबार, चैत्र ६, २०८१

हालको खबर

  • होमपेज
  • एनएमबि सरल बचत इण्ड-ई १७ गतेबाट

एनएमबि सरल बचत इण्ड-ई १७ गतेबाट

एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड-ई भदौ १७ गतेबाट जारी हुने भएको छ। एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्डले नयाँ स्किम भदौ २१ गतेसम्म जारी गर्ने छ।

प्रति इकाइ १० रुपैयाँ दरको हुने यो खुलामुखी स्किम हो। सुरुमा १० करोड इकाइमध्ये ४० प्रतिशत अर्थात चार करोड रुपैयाँको पहिलो चरणमा बिक्री गरिने छ।

निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत अर्थात एक करोड ४० लाख कोष प्रवर्द्धक बैंकले र १ प्रतिशत योजना व्यवस्थापक क्यापिटलले राख्ने छन्। एक प्रतिशतमा १० लाख इकाइ पर्छ। बाँकी रहेको २ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

सर्वसाधारणले न्यूनतम १०० इकाइ र बढीमा ४० लाख इकाइका लागि आवेदन दिन सक्छन्। खुलामुखी भएकाले यो योजनाको अवधि छैन। अर्थात यो परिपक्व हुँदैन।

यसअघि कम्पनीको दुई स्किम सञ्चालनमा ल्याएको थियो।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?