जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’ 

गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’ 

गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको छ । उनीहरूलाई सोधपुछ गरेर ‘बयान कागज’ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

पूर्वगृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर थिए । सहकारीको रकम अवैध तवरले गोरखा मिडियामा लगानी गरेको भेटिएको छ । लामिछानेले प्रहरीसँग सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे जीबी राई जानकार रहेको बताएका छन् । 

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका