जोडिनुहोस
आइतवार, माघ २७, २०८१
आइतवार, माघ २७, २०८१
  • होमपेज
  • १ बर्षभित्र सेयर धितोको कर्जाको सिमा १२ करोडमा झार्न राष्ट्र बैंकको निर्देशन

१ बर्षभित्र सेयर धितोको कर्जाको सिमा १२ करोडमा झार्न राष्ट्र बैंकको निर्देशन

मार्जिन प्रकृतिको सेयर धितोको कर्जाको सिमा एक बर्ष भित्र १२ करोडमा झार्नलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। चालू आर्थिक बर्षको मौद्रिक नीति कार्यन्वयन गर्नलाई आज सार्वजनिक गरिएको संसोधित तथा परिमार्जिन ‘एकीकृत निर्देशन २०७७’ मार्फत राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

निर्देशनअनुसार कुनै बैंक व्यक्तिले लिएको यस प्रकारको कर्जा मौद्रिक नीति जारि भएको मितिबाट लागू हुनेगरि कर्जाको अवधि वा एक बर्ष भित्र जुन पहिले आउँछ सो अवधिभित्र तोकिएको सिमा भित्र ल्याउनु पर्ने छ।

राष्ट्र बैंकको निर्देशनमा मार्जिन सेयर धितो कर्जाको एकल ग्राहकलाई मात्र यस्तो व्यवस्था लागु हुने उल्लेख छ। यस व्यवस्थाले यस अगाडी यो व्यवस्था व्यक्ति र सँस्था दुवैलाई लागू हुन सक्छ भन्ने कुरालाई स्पष्ट पारेको छ।

राष्ट्र बैकले यहि भदौ ८ गते ल्याएको मौद्रिक नीतिमा एउटा ग्राहकले बढीमा १२ करोड रुपैयाँ र एउटा सँस्थाबाट ४ करोडसम्म मात्र मार्जिन सेयर धितो कर्जा पाउने व्यवस्था गरेको थियो।

4910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका