जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन

सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन

सनराइज बैंकले गत साउन २२ गते सुचना जारी गर्दै विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मूल्य संशोधन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको उक्त शेयर प्रतिकित्ता १६५ रुपैयाँ उल्लेख ३५ दिने सुचना जारी गरेको थियो । 

बेगानीले उक्त शेयरको मूल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सुचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सुचना जारी गरेको छ । 

संशोधित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा गैर संस्थापकहरुलाई यो शेयर विक्री गरिने समेत बैंकले जानकारी दिएको छ ।     

5080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका