जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • करण चौधरी नाडा अध्यक्षमा सर्वसम्मत निर्वाचित

करण चौधरी नाडा अध्यक्षमा सर्वसम्मत निर्वाचित

नेपाल अटोमाबाइल्स एसोसिएसन (नाडा) अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन्। शुक्रबार नाडाको ४७औं साधरणसभाले आगामी कार्यकालका लागि चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

नाडा अध्यक्षमा चौधरी र आकाश गोल्छा चुनाव लड्ने निश्चित भए पनि अन्तिम समय गोल्छा पछि हटेपछि करणलाई अध्यक्ष हुने बाटो खुलेको थियो।

वरिष्ठ उपाध्यक्षमा गोल्छालाई नियुक्त गर्ने सहमति बनेको छ। चौधरीपछिको कार्यकालमा गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।
नवनिर्वाचित अध्यक्ष चौधरीले संगठनमा आबद्ध व्यवसायीको हकहितका लागि एकल र सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता जनाए।

यस्तै, निवर्तमान अध्यक्ष ध्रुव थापाले देश आर्थिक मन्दीमा गएका बेला व्यवसायीको हकहितका लागि काम गरेको बताए। उनले भने, ‘मैले कार्यकालभर निःस्वार्थ रुपमा सकेको काम गरें। आर्थिक मन्दीका कारण सोचे जति गर्न नसके पनि व्यवसायीमैत्री नीति निर्माणका लागि पहल गरें।’

4510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्