जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कमर्शियल बैंकहरुमै बढी ब्याज दिनेमा सिभिल बैंक अगाडी, कुन खातामा कति ?

कमर्शियल बैंकहरुमै बढी ब्याज दिनेमा सिभिल बैंक अगाडी, कुन खातामा कति ?

सिभिल बैंक कमर्शियल बैंकहरुमै सबै भन्दा बढी ब्याज दिने बैंक बनेको छ। व्यवसाय र कारोबारमा आक्रामक रणनीति अपनाएको सिभिल बैंकले बचत र मुद्दतीमा कमर्शियल बैंकहरुमै सवै भन्दा बढी ब्याज अफर गरेको हो। 

सिभिल बैंकले बचतमा बार्षिक ६।०५ प्रतिशत ब्याज अफर गरेको छ भने मुद्दतीमा बार्षिक ९.२५ प्रतिशत सम्म ब्याज अफर गरेको छ। त्यस्तै संस्थागत निक्षेपकर्तालाई सिभिल बैंकले बार्षिक ८.१५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ। 

सार्वजनिक यो ब्याजदर भदौ १ गतेदेखि नै लागू भईसकेको सिभिल बैंकले जनाएको छ। 

आक्रामक रुपमा व्यवसाय बिस्तार गरिरहेको सिभिल बैंकले गत आर्थिक बर्ष निक्षेप संकलन तथा कर्जा बिस्तार झन्डै ५४ प्रतिशतले बढाएको छ। निक्षेप संकलन ५७ अर्ब ५१ करोडबाट ८८ अर्ब ६३ करोड पुर्याएको छ भने कर्जा लगानी पनि ५१ अर्ब ५१ करोडबाट ७९ अर्ब ६ करोड पुर्याएको छ।

व्यवसाय बिस्तारमा आक्रमक देखिएपनि सिभिल बैंकको खराब कर्जा अनुपात २.०८ प्रतिशतबाट घटेर १.०५ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै बैंकहरुको मुख्य आम्दानी मानिने ब्याजदर अन्तर अर्थात स्प्रेड रेडको दर पनि सिभिल बैंकको ३.९३ बाट २.५२ प्रतिशतमा झरेको छ। यसको अर्थ बैंकिङ उद्योगमा तिब्र प्रतिस्पर्धा हुँदा पनि सिभिल बैंकले कम मार्जिन राखेर आफ्ना ग्राहकलाई तुलनात्मक रुपमा बचत र मुद्दतीमा बढी ब्याज दिने र कर्जामा प्रतिस्पर्धी बैंककै हाराहारीमा ब्याज लिने गरेको देखाउँछ।   

गत आर्थिक बर्ष झन्डै ३१ अर्ब १२ करोडले निक्षेप वृद्धि गरेको सिभिल बैंकले यस आर्थिक बर्ष पनि आफ्नो व्यवसाय बिस्तारमा आक्रमण रणनीति लिएकाले सर्वसाधारण तथा सँस्थालाई बचत तथा मुद्दतीमा दिने ब्याज पनि कमर्शियल बैंकहरुमै बढी दिने भएको सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादुर बिष्टले जनाएका छन्।

7035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका