जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।

उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।

 

धितोपत्र निष्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश(दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५४ लाख कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ४० हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्।

यस अघिको आईपीओमा परेको आवेदन हेर्दा करिव २२ लाख माथि लगानीकर्ताले आवेदन दिने अनुमानलगाउन सकिन्छ । त्यसैले यस अघिको ट्रेण्ड हेर्दा सानिमा लाईफको आईपीओमा दश कित्ता आवेदन दिंदा पनि पुग्ने देखिन्छ।

आवेदकले यस आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?