जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन लाइफद्धारा १४ लााख रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफद्धारा १४ लााख रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाईफ इन्स्योरेन्स विजुवार, प्यूठान शाखाले वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी बापत १४ लााख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । २ महिना अगाडी विदेश गएका बोम बहादुर के.सी.को विदेशमै मृत्यु भएको थियो । मृतकको श्रीमती अमृता के.सी.लाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले सबै नेपालीले बीमा गर्नु आवश्यक रहेको र सिटीजन लाईफले प्यूठान जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको भन्दै थप सफलताको शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा जितपुर क्षेत्रका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले कम्पनी, वीमाको पहुच र बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।

कार्यक्रममा शाखा प्रबन्धक दिनेश कार्की, एजेन्सी मेनेजर ईश्वर सिंह विष्ट, राजन श्रेष्ठ, विनिता देवकोटा, माया जि.एम. रावत, शान्ता बस्नेत, युनिट मेनेजरहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?