जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनएमबि बैंक एसियन बैंकिङ एण्ड फाइनान्स ‘ग्रीन डील अफ द इयर २०२१’को उपाधिबाट सम्मानित

एनएमबि बैंक एसियन बैंकिङ एण्ड फाइनान्स  ‘ग्रीन डील अफ द इयर २०२१’को उपाधिबाट सम्मानित

सिंगापुरको एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले ग्रीन डील अफ द इयर २०२१’को उपाधिबाट एनएमबि बैंक सम्मानित भएको छ। अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा बैंकलाई एसियनले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो।

बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ।

बैंकले ग्रीन डील अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता जनाएकाले यो सम्मान पाएको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एनएमबि हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक हो।

बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनका लागि अग्रसर छ। ‘एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढन थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका