जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सन नेपाल लाइफद्धारा मृतकको परिवारलाई ३ लाख मृत्यु दावी भुक्तानी

सन नेपाल लाइफद्धारा मृतकको परिवारलाई ३ लाख मृत्यु दावी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक चुँडामडी सुवेदीको सहभागीतामा दिनदयाल अग्रवालद्वारा मृतक प्रसान्त थापाको श्रीमती गिता खत्रीलाई चेकमार्फत ३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

मृतक थापाको गत साल भदौ २१ गते खोलामा खसेर मृत्यु भएको थियो । नायब महाप्रबन्धकले बीमाको सुविधाले आर्थिक सहयोग प्रदान गर्नका साथै हरजोखिमबाट सुरक्षीत रहन सहयोगी भूमीका निर्वाह गर्ने गरेको बताए ।

त्यस्तै, यसले अप्रत्यासित दैनिक विपत्ती, प्राकृतीक प्रकोप लगायतको क्षतीबाट जोगीन बीमा अत्यन्तै महत्वपूर्ण रहेको जनाएका छन् । अनौपचारीक रुपमा मात्र नभई केसीले कार्यक्रममा औपचारीक ढंगमै प्रो. अग्रवाललाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

सहायक महाप्रबन्धक चुँडामडी सुवेदीले पनि प्रो. अग्रवालको उक्त पहलले पनि सर्वसाधारणमाझ बीमाको सेवा पुर्याइ धेरै सहयोगी भूमीका निर्वाह गरेको जनाए ।

5840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका