जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु र एसबिआई बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

प्रभु र एसबिआई बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

प्रभु र नेपाल एसबीआई बैंकले ब्याजदर सार्वजनिक गरेका छन् । दुबै बैंकको मुद्दति निक्षेप तर्फ संस्थागत ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ ।

प्रभु बैंकले बचत खातामा सबैभन्दा बढी ६.५० प्रतिशत भएपनि न्यूनतर्फ फरक-फरक रहेको छ । प्रभुको सबैभन्दा कम ३ प्रतिशत रहेको छ । हाल प्रभु बैंकले १८ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकको साउन मसान्तसम्मको आधार दर ९.२४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १४.२४ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट सेयर धितोकर्जा, हायर पर्चेज, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १४.२४ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै एसबीआई बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम २ प्रतिशत ब्याज दिने भएको छ । हाल बैंकको २० वटा बचत खाता सञ्चालनमा आएका छन् ।

हाल बैंकको आधार दर ९.९४ प्रतिशत रहेको छ । बैंकबाट लोन लिँदा १६.६९ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट घर जग्गा कर्जा लिँदा १६.६९ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै सेयर कितोकर्जा, सर्ट टर्म, प्रोजेक्ट फाइनान्स लोन लिँदा १५.९४ प्रतिशतसम्म ब्याज लाग्ने छ । अटो लोन १५.४४, शैक्षिक धितो कर्जा १४.९४ प्रतिशत ब्याज लाग्ने छ

9245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका